एकद्वार स्वास्थ्य प्रणालीको स्वास्थ्य कार्यक्रममा विरोध, मन्त्री भन्छन्- जिल्लामा स्वास्थ्य प्रमुख रहन्छन्

मोरङ – प्रदेश १ मा एकद्वार स्वास्थ्य प्रणालीको विरोध भइरहँदा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्रदेशवासीलाई सरकारको अनुभूति दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताएका छन्। विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले जिल्ला–जिल्लामा एकीकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने जानकारी दिए। एकद्वार प्रणालीको विषयमा धेरै विवाद गरिरहनु नपर्ने […]