काठमाण्डाै - भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ ।
सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ ।
तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ । यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मा...