उपाधि र बोनसको लडाइँ

नेपाललाई पराजित गरेमा स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ को शीर्षस्थानमा पुग्नेछ र विजेता बन्ने निश्चित हुनेछ । त्यसको विपरीत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संर्घषरत नेपाललाई स्कटल्यान्डमाथि विजय हात पारेमा त्यो ‘बोनस’ हुनेछ ।

सम्बन्धित सामग्री

जर्मनीले विश्वकप जिते हरेक खेलाडीलाई ५ करोड बोनस घोषणा

जर्मनीले विश्वकप जितेमा टोलीका हरेक खेलाडीले ४ लाख युरो बोनस पाउने भएका छन् । जर्मन फुटबल संघले कतारमा हुने विश्वकपको उपाधि जर्मनीले जितेमा सो बराबरको रकम खेलाडीहरुलाई बोनसको रुपमा दिने घोषणा गरेको हो ।४ लाख युरो भनेको ३ लाख ९० हजार डलर बराबर हो, जुन नेपाली रुपैयाँमा ५ करोड भन्दा बढी हो। जर्मनीले विश्वकप जितेमा हरेक खेलाडीले सो बराबरको रकम बोनसको रुपमा पाउने भएका हुन् ।यस अघि सन् २०१८ मा रुसमा भएको विश्वकप जितेमा जर्मनीको टोलीलाई ३ लाख ५० हजार युरो दिने घोषणा गरिएको थियो । तर सो समय जर्मनी समुह चरणबाट नै बाहिरिएको थियो । जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा भने खेलाडीहरुले ३ लाख युरो बोनस पाएका थिए । कतारमा हुने विश्वकपमा जर्मनीले समुह चरण पार गरे खेलाडीहरुले ५० हजार युरो पाउने छन् । अन्तिम ८ मा स्थान बनाए खेलाडीहरुले १ लाख युरो बोनस पाउने छन् । त्यस्तै सेमिफाइनलमा स्थान बनाए डेढ लाख युरो पाउने छन् भने तेस्रो भएमा २ लाख युरो बोनस पाउने छन् । त्यस्तै फाइनल हारेमा खेलाडीहरुले २ लाख ५० हजार युरो बोनस पाउने छन् । कतार विश्वकपमा जर्मनी समुह ई मा रहेको छ । यस समुहमा जर्मनीसँगै स्पेन, कोस्टारिका र जापान रहेका छन् । जर्मनीले पहिलो खेल जापानसँग खेल्ने छ ।