विक्रम संवत् २०८० मा नेपालको राजनीति सत्ताको छिनाझपटीमै केन्द्रित रह्यो । त्यसका मुख्य खेलाडीको रुपमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल । नयाँ सत्ता समीकरण बनाउने र पुरानो भत्काएर प्रधानमन्त्रीमा टिक्न सफल रहे पनि मुलुकको कार्यकारी प्रमुखको हैसियतले उनले आम जनतालाई आशा जगाउने काममा असफल रहे ।