राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्या : कङ्गोमा ५१ जनालाई मृत्युदण्डको सजाय

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए । सो क्रममा उनीहरूका अनुवादक वेट टिशिन्टेला पन

सम्बन्धित सामग्री

कंगोको एक सैन्य अदालतद्वारा ५१ जनालाई मृत्यु दण्डको घोषणा

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सो हत्याकाण्डमा संयुक्त राष्ट्रसंघका दुई विशेषज्ञ मारिएका थिए । कंगोमा सन् २००३ मा मृत्युदण्डको सजाय परिमार्जन गरी आजीवन काराबासको सजाय दिने गरिएकोमा १४ […]