मध्यपुरथिमि नगरपालिकाले सबै वडामा गर्‍यो एन्टिजिन र पीसीआर परीक्षण

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश…

सम्बन्धित सामग्री

१० हजार जनाको एकैपटक एन्टिजेन र पीसीआर परीक्षण गर्दै मध्यपुरथिमि नगरपालिका

असार ४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको नि:शुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।  नगरपालिकाले प्रत्येक वडामा शनिवार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त संख्यामा एन्टिजेन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।  जिल्लामा संक्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजेन र पीसीआर परीक्षण गरी कोभिड–१९ संक्रमणको विश्लेषण गर्ने भएको हो ।  ‘हाम्रो नगर क्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौओटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्दैछौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।’ त्यसका लागि नगरपालिकाले करीब रू. ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब संकलन गरिने जानकारी दिएको छ ।  एउटा वडाबाट करीब एक हजार १०० को परीक्षण गरिने र संक्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  कोरोना संक्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो ।  परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पीसीआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।  पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड संक्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्यांकन गर्न सकिनेछ । यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ ।  यो परीक्षणसँगै उपत्यकामा कोरोना संक्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुने उल्लेख गर्दै उनले यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुने जिकिर गरे ।  सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा छ हजारभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र तीन हजार ३५९ महिला गरी सात हजार २६७ व्यक्ति संक्रमित भएका छन् ।  हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय संक्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन् । अठासी जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । संक्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ । रासस

१० हजारकाे एकैपटक एन्टिजेन र पीसीआर परीक्षण गर्दै मध्यपुरथिमि नगरपालिका

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।

मध्यपुरथिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउनुभयो ।