सुर्खेत – कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आउँदो वैशाख ३ गतेका लागि आह्वान गरिएको छ । यही आइतवार बसेको प्रदेशकाे मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
प्रदेशकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलाैनीले साताैँ हिउँदे अधिवेशन वैशाख ३ गते दिउँसो २ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
प्रदेश सभाको छैटाैँ तथा व...