एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ । “कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेर