काठमाडौँ,६ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुञ्चेमा पहिलो पटक प्रयोगशाला सेवा शुरू गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरे । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए […]