काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ । यो खेल जित्ने टोली समूह-२ बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ ।
तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । जित्ने टोलीको ६ अङ्क हुनेछ । सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै...