काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै अल्पविकसित राष्ट्रहरूमा दिगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गर्नुभयो […]