अर्थमन्त्री जनार्दन शर्माले बिमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् ।सोमबार बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले पुरानै ऐन कानुनमा संशोधन आवश्यक रहेको बताए ।उनले बिमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने धारणा राखे । “बिमा क्षेत्रको आवश्यकता र व्यवसाय धेरै भइरहेको […]