प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आगामी मौद्रिक नीति विस्तारकारी हुनुपर्ने बताएको छ ।
पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सदस्य रहेको विशेष समितिले नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने पाँच महŒवपूर्ण विषयमा सुझाव दिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्वअर्थमन्त्री डा. महतले कोभिड–१९ ले धराशयी बनाएको अर्थतन्त्रको पुनरुत्थानका लागि कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पुनर्तालिकीकरण, ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने सुझाव दिनुभयो ।