काठमाडौं – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्धमा मृतककी श्रीमती भारती मानन्धरले भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन्। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए। राष्ट्रपतिको निर्णयविरुद्ध […]