खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद नवलकिशोर साह सुडीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको सभापति डा आरजु राणा देउवाले जानकारी दिइन् । उपसमितिको सदस्यमा सांसदहरु वीरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, […]

सम्बन्धित सामग्री

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा