भारतले धौलीगाडको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

३१ असार, धनगढी । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् । […]