सही समाचार लेखेको भन्दै एनआरएन स्पेनद्वारा पत्रकार गजुरेललाई कारबाहीको धम्की, महासंघद्धारा भर्तसना

स्पेन । स्पेनमा बसेर नेपाल समाचारपत्रका लागि युरोप क्षेत्रको रिपोर्टिङ गर्दै आएका दीपेन्द्र गजुरेललाई समाचार लेखेको भन्दै गैर आवसिय नेपाली...

सम्बन्धित सामग्री

सेजन पूर्वअध्यक्ष सापकोटाको सेयर बजारसम्बन्धी उपन्यास 'सेयरपुर' सार्वजनिक

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज ( सेजन)का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित सेयर बजारसम्बन्धी उपन्यास ‘सेयरपुर’ सार्वजनिक गरिएको छ । बिहीवार सेजनद्वारा आयोजित `सेयरपुर´ पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो । पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए ।  नेपालमा पूँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो ।  सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाइ थियो ।  'नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्छ,' उनले भने ।  पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए । पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता असफलता र पुन लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट छ, उनले भने । पुस्तक र लेखकका विषयमा सेजन पूर्व अध्यक्षहरू प्रदिप चापागाईं, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए । सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानीकर्ताहरुलाई पठनीय पुस्तक दिएको बताए । उपन्यासका लेखक सापकोटाले सेयर बजारको सन्दर्भमा सरल भाषामा सेयरपुर पुस्तक लेखिएकाले पाठकहरुलाई सेयर बजारबारे बुझ्न थप सहज हुने बताए । 'सबै नेपालीले प्राथमिकता दिएर सेयर बजारबारे बुझ्नुका साथै लगानी गर्नु पर्छ,' उनले भने ।  हाल अमेरिकामा रहेका सेयर लगानीकर्ता सापकोटाले बोर्ड अध्यक्ष हमाललाई गैर आवासीय नेपाली (एनआरएन) लाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्नुका साथै एनआरएनलाई बजारमा लगानी गर्न सहजीकरण गर्न आग्रह समेत गरे । सेयरपुर उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ ।

लौ न हाजिर गरेर हिँड्ने सांसदका बारेमा खोजेर समाचार लेखिदिनोस्ः विशाल भट्टराई

काठमाडौं, १३ असार । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा एक दिन पनि प्रश्नोत्तर कार्यक्रममा सहभागी नभएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भट्टराईले भने, “संसद व्यापक रुपमा बहस गर्ने थलो हो । […]

एमसीसीको विपक्षमा मत दिइन्छ, बरु सत्ता छाड्नु परे छाडिन्छः एकीकृत समाजवादी नेता

काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजयकुमार पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भएन भने गठबन्धन टुट्छ भनेको समाचार प्रायोजित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पौडेलले भने, “यो फेक न्युज हो । प्रायोजित न्युज हो […]