आफैँलाई बोल्ने ठाउँ नभएपछि बागमतीमा विपक्षीले हटायो संसद्को अवरोध

हेटौंडा : करिब तीन महिनादेखि बन्धक बागमती प्रदेशसभा विवादको गाठो अन्ततः फुकेको छ। पुस ८ गतेदेखि बन्धक बनेको प्रदेशसभा बैठक आइतबार बिना अवरोध सञ्चालन भएसँगै विवादको गाठो फुकेको हो।मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, मुख्यमन्त्रीले दिएको अभिव्यक्तीमा माफी माग्नुपर्ने र आफ्नो सरकारले ल्याएको योजना कटौती फिर्ता हुनुपर्ने माग राख्दै एमालेले संसद्‍ अवरुद्व गर्दै आइरहेको थियो।आइतबार बसेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका सबै प्रश्नको जवाफ दिएसँगै प