भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक शेयर किनबेच भएको छ ।
कारोबारमा आएका २११ ओटा कम्पनीमध्ये सो अवधिमा उक्त कम्पनीको रू.१३ करोड ५४ लाख ११ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५३ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १ लाख ८ हजार ४७७ कित्ता रहेको छ भने विक्री माग ५९ हजार २५६ कित्ता रहेको छ ।