धनकुटामा विरासत जोगाउला त एमालेले?

धनकुटा : सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले देशभर गठबन्धन गर्ने निर्णय गरेसँगै धनकुटामा पनि गठबन्धन भएको छ।केन्द्रीय नेतृत्वको निर्णय अगावै धनकुटाका सत्ता गठबन्धनले जिल्लाका ७ वटै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरिसकेका थिए। ०७४ सालको स्थानीय तहको निर्वाचनलाई आधार बनाएर धनकुटामा गठबन्धन दलले तालमेल गरेर जाने निर्णय गरेका हुन्।२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो। त्यसकारण पनि धनकुटामा सत्ताधारी दलहरुले