उपचारको तयारी गर्दागर्दै मर्‍यो घाइते चितुवा

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतवार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा सोमवार राति मरेको छ ।  ‘सोमवार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर राति नै चितुवा मर्‍यो,’ वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, ‘अब प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।’ घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ...

सम्बन्धित सामग्री

चितुवाको आक्रमणबाट ६ घाइते, चितुवा मृत फेला

नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु –८ देवकोटा टोलस्थित रामबहादुर खत्रीको घरभित्र चितुवा छिरेपछि आक्रमणमा ६ जना घाइते भएका हुन् ।

चितुवाको आक्रमणमा महिला घाइते

कैलालीको घोडाघोडी नगरपालिका–८ को लुटवा सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला घाइते चितुवाको आक्रमणमा परेकी छन् । गोली लागेर घाइते चितुवा र महिलाको उद्धार गरिएको छ ।

नियन्त्रणमा लिइएको घाइते चितुवा मर्यो

वलेवा । जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ ।  “सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ला

पर्वतको लिमीठानामा घाइते चितुवा फेला

सन्तोष थापा/उज्यालो ।  पर्वत, पुस २४ – पर्वतको फलेवास नगरपालिका –७  लिमीठानामा घाइते अवस्थामा चितुवा फेला परेको छ । स्थानीय बास...