संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठियारका साथै अन्य सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।काठमाडौँवासीको महत्त्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रूपम