सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्याफ्टिङ का र्याफ्टिङ प्याकेजहरूमा १० प्रतिशत सम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।