दशगजा क्षेत्रमा एसएसबीले सुरक्षा पोष्ट बनायो

मोरङको विराटनगरसँग जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षा पोष्ट बनाउँदा पनि सरकार भने मौन बनेको छ । विराटनगर वडा नं १६ को दरैयास्थित दशगजामा भारतीय सीमा सुरक्षा बलले आफूखुशी सुरक्षा पोष्ट बनाएको हो । उक्त सुरक्षा पोष्टमा २४ घण्टा नै हतियारसहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेको स्थानीयवासिन्दाले बताएका छन् । त्यहाँ बसेका एसएसबीले नेपालीलाई दुःख समेत दिने गरेका छन् । दुई देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून भएपनि त्यसलाई लत्याउँदै एसएसबीले सुरक्षा प...