अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय निजगढको मेससहित पूर्वपश्चिम लोकमार्गको सहिद चोक क्षेत्रलगायत विभिन्न स्थानका घर, पसल र कार्यालय डुवानमा परेका थिए । भलपानीको बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालय डुवानमा परेका हुन् । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का दर्जनौं घर डुवानमा परेका थिए । बाढीका क