माघ १६ देखि ‘नेपाल महोत्सव’

नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ। यही माघ १६ गते शहिद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहिद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहिदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ।