टीका भैरव सो क्योकुसिनलाई ४ स्वर्ण

आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कास्य पनि जित्यो ।