उदयपुर र कञ्चनपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार स्थानीय ४३ वर्षीया तुलसीकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार साँझ पौने ७ बजे रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा