बाल यौन दुराचारका आरोपी धरौटीमा छुटे

बाल यौन दुराचारको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई झापा अदालतले सोमबार धरौटीमा छाडेको छ । एक महिनाअघि छिमेकी १२ वर्षीया बालिकालाई यौनजन्य हिंसा गर्ने मेचीनगर २ का ५५ वर्षीय प्रयागराज निरौलालाई अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।