नयाँदिल्लीमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। ओलीको स्वागतमा वित्तराज्यमन्त्री शिवप्रताव शुक्ला पनि विमानस्थल पुगेका थिए। https://twitter.com/MofaNepal/status/982125279492562945 अघिल्लो पटक २०७२ फागुनमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीलाई विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। अहिले विदेश…