देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताएका छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरूको प्रवृत्ति सच्चिन जरुरी रहेको बताए।उनले राजनीति गर्ने भनेको जसरी पनि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताए। केसीले मान्छे बेचबिखन गर्ने सञ्जाललाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे।

सम्बन्धित सामग्री

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो : अध्यक्ष केसी

अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी फागुन १ गते कपिलवस्तु आउँदै

रिषव आचार्य/तौलिहवा ।। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आउँदो फागुन १ गते कपिलवस्तु आउनुहुने भएको छ । राजमो कपिलवस्तुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष केसी आउन लाग्नुभएको हो । राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, सङ्घीयता खारेज गरौँ, विघटित संसद पुनःस्थापना गरौँ मूल नाराका साथ कपिलवस्तुको गोरुसिङ्गेमा बृहत् विरोधसभा आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा हजारौँको सङ्ख्यामा नेता–कार्यकर्ता तथा आम जनता जिल्लाको गोरुसिङ्गेमा उतार्ने तयारी रहेको बताइएको छ । जिल्लाको बड्हारा चोकदेखि विरोध जुलस सुरु भई गोरुसिङ्गे चोकमा पुगी विरोधसभामा परिणत हुने पनि समाचारमा जनाइएको छ ।