भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

 काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्