ठेकेदारको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र रहेको ललितपुरको भैँसेपाटी सडकको ओरालोमा आफ्नो गाडीले एक सर्वसाधारणलाई हिलो छ्यापेको घटना सम्बन्धमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दुःख व्यक्त गरेका छन् ।
बिहीवार दिउँसो पौने २ बजेको समयमा भैँसेपाटीबाट एयरपोर्ट जाने क्रममा गौतम चढेको गाडीले निर्माणाधीन सडकमा एक जना मोटरसाइकल चालकलाई हिलो छ्यापेको थियो ।
मोटरसाइकलमा सवार सर्वसाधारणमाथि हिलो छ्यापिएपछि उनले सडकमा आक्रोश व्यक्त गरेका थिए । राष्ट्रिय सभाका सदस्य समेत रहेका गौतमले आफू सवार गाडीबाट मोटर साइ...