काँग्रेस अधिवेशन : बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त

नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।दासको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन् भने केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष