काठमाण्डौ ७ र ८ : एमाले र गठबन्धनलाई स्वतन्त्रको चुनौती

चुनाव प्रचारप्रसारको समय बिहीवारदेखि सकिँदैछ । यसकारण पनि उम्मेदवार तथा दलका कार्यकर्तालाई घरदैलोमा पुग्न तथा मतदाता भेटेर आफ्नो पक्षमा भोट माग्न भ्याइनभ्याइ छ । काठमाण्डौका अन्य क्षेत्र झैँ ७ नम्बर क्षेत्रमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २९ जनाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी ३६ वर्षीया मानुषी यमी भट्टराई र एमालेका श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, यसो भनिरहँदा जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई पनि कम आँक्न भने मि...