काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रहितमा रहेको दोहोर्याएका छन्। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएकाले पारित गर्नुपर्ने जिकिर गरेका हुन्। उनले आफू देशको प्रधानमन्त्री भएकाले देशको हित विपरीत जान नसक्ने दाबी गर्दै सम्झौत पढ्न सुझाए। देउवाले भने, ‘यहाँ एमसिसीबारे बोल्नै पर्ने भो, राष्ट्रघाती भन्नेले पहिला पढ्नु पर्यो। […]