अब जागौं, २०६४ को निर्वाचनको जस्तो परिणाम खोजौंः प्रचण्ड

काभ्रे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कार्यकर्ताहरूलाई आक्रमक बन्न निर्देशन दिएका छन्। वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन्। ‘जाइलाग्ने होइन, आइलागे इँटको जवाफ पत्थरले दिनुहोला’ उनले भने। उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए।