काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ ।
नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीयले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले अवरोध...