जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्नका लागि सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बैठकको माग गर्दै आएको थियो । लामो प्रयासपछि जसपाको बैठक बस्न लागेको हो । पार्टी समायोजन, विधान संशोधन, कार्य विभाजन, एमसीसीलगायतको विषयमा पार्टीमा छलफल हुने बताइएको छ ।पार्टीको विधानम