कर्णालीमा एक चौथाइ जमिन बाँझै

कर्णाली प्रदेशमा २७.५५ प्रतिशत जमिन अझै बाँझो रहेको पाइएको छ । बर्सेनि खाद्यान्न अभाव झेल्दै आएको प्रदेशमा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्नको अभाव हुन्छ । कृषि विकास निर्देशनालयका अनुसार १० जिल्लामा २९.५ प्रतिशत नागरिकले मात्र पूर्ण रूपमा खाद्यान्न उपयोग गर्न पाएका छन् ।

सम्बन्धित सामग्री

लिफ्टबाट सिँचाइ सुविधा

जुम्ला-सिँचाइको अभावले कर्णालीमा हजारौँ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । मार्सीधान उत्पादन हुने खेतहरूमा पनि सिँचाइ सुविधा नभएका कारण बाँझिदै गएका छन् । सरकारी तथ्यांकअनुसार कर्णालीमा करिब ८२ हजार हेक्टर जमिन अहिले पनि सिँचाइ अभावमा बाँझै छ । कर्णाली सरकारले बाँझो जगाा राख्न नपाउने नीति अघि सारेसँगै गाउँगाउँमा लिफ्ट सिँचाइ आयोजनाहरू पनि निर्माण गरेको छ […]

कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझै

कर्णाली प्रदेश सरकारले व्यवसायिक कृषि गर्ने बाँझो जमिन नराख्ने नीति लिएको छ । खेतीयोग्य बाँझो जग्गाामा खनजोत गरी उत्पादन बढाउने र किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार बाँझो जगाा राख्न नपाइने नीति प्रदेश सरकारले ल्याएको हो । सोही अनुसार कर्णालीका विभिन्न जिल्लामा बाँझो जग्गा खनजोत गर्न थालिएको छ । तर, सरकारी तथ्यांकअनुसार अहिले पनि कर्णालीमा हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझै छ । सरकारले जमिन बाँझो नराख्ने नीति लिए पनि अधिकांश जिल्लाका खेतीयोग्य जमिनमा बाली लगाउने गरिएको छैन । कर्णालीमा कूल खेतीयोग्यमध्ये १८ प्रतिशत जग्गा बाँझो छ ।