छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। दार्चुलामा आमसभा गर्दै एमालेले आजदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ पछि एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने दाबी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्। सन्दीप लामिछाने कारागार चलान भएका छन्।