जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन् । महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसोलेशनमै बसेका र थोरै मात्रामा अस्पतालमा भर्ना भएका छन् । […]