महन्थ ठाकुरको तयारी, राष्ट्रपतिलाई पत्र अन्तिमसमयमा पठाउने

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको खेलमा आफू नरहेको पत्र आजै नभएर सरकार गठनको अन्तिम समयमा दिने तयारी रहेको बताइएका छन्। राष्ट्रपतिले आह्वान गरेको सरकार गठनको समयअवधिमा कांग्रेस, माओवादी र जसपाका केही नेताले सरकार गठनका लागि बहुमत पुगेको पत्र पठाए,अध्यक्ष ठाकुरले पनि पत्र पठाउने तयारी रहेको नेताहरुले बताए। जसपाका एक नेताले भने, "अहिले हामी छलफलमा छौ।परिस्थितिअनुसार निर्णय गर्छौ।"