मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ ।