मेयर कप क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा हुने पाँचौं संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ देखि प्रतियोगिता शुरु हुन लागेको हो।खेलतालिकाअनुसार सहभागी हुने ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। समूह ए मा वडा नम्बर ४, ९ र ३, समूह बी मा वडा नम्बर ५, ११ र ७, समूह सी मा १०, २ र १ तथा समूह डी मा वडा नम्बर ६ र ८ रहेका छन्।उद्घाटन खेलमा फा

सम्बन्धित सामग्री

मेयर कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी र एपीएफले स्पर्धा गर्ने

काठमाडौंमा यसै साताको अन्त्यदेखि सुरु हुन लागेको काठमाडौं मेयर कप क्रिकेट २०७७ को खेलतालिका सार्वजनिक भएको छ । पाँच टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबै टोलीले चार म्याच खेल्नेछ । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको तालिका बमोजिम फागुन २२ गते शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । दुबै टोली प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा गत् माघ महिनामा स्पर्धा गरेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ । शनिबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ ।