दमक गोल्डकपः मानेभञ्ज्याङ अन्तिम चारमा

झापा– माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै माने भञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल […]

सम्बन्धित सामग्री

दमक गोल्डकप मनाङकै पोल्टामा

मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।...

मनाङलाई दमक गोल्डकप उपाधि

उत्तम रिजाल, झापा मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले पराजित गर्दैै मनाङले उपाधि उचालेको हो । मनाङलाई जित दिलाउन अफिज ओलावाले र शिशिर लेखीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा ओलावालेले टोलीका लागि पहिलो […]

दमक गोल्डकप : पुलिस सेमिफाइनलमा

साविक विजेता नेपाल पुलिस क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एभिनियर फुटबल क्लब क्यामरुनलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट...

दमक गोल्डकप : आर्मी बाहिरियो

त्रिभुवन आर्मी फुटबल क्लब दमक गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार सम्पन्न झापा गोल्डकप च्याम्पियन आर्मी दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग पराजित भएको हो । बुधबारको क्वाटरफाइनल खेलमा आर्मीविरुद्ध ४–० को...

दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा

दार्जिलिङ पुलिस क्लब भारतमाथि टाइब्रेकरमा जित निकाल्दै गोर्खा ब्वाइज क्लब रूपन्देही दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम...

दमक गोल्डकप : गोर्खाब्वाइजको विजयी

गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५-० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एकरएक गोल गरे । गोर्खाब्वाइजले खेलको दोस्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प

दमक गोल्डकप : आयोजकलाई हराउँदै सर्लाही क्वार्टरफाइनलमा

झापा : घरेलु टोली दमक-११ लाई हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा बुधबार भएको उद्घाटन खेलमा सर्लाहीले दमकलाई १–० गोल अन्तरले हराउँदै गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो।सर्लाहीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे। उनको गोल नै निर्णायक बन्यो। दमकका जोमाउलले डिबक्सभित्र फल गरेपछि सर्लाहीले पेनाल्टी प

आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार

काठमाडौं : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुल

दमक गोल्डकप आजदेखि

दमक गोल्डकप आज (बुधबार)बाट सुरु हुँदै छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दमक गोल्डकपअन्तर्गत उद्घाटन खेल आयोजक दमक–११ र...

दमक गोल्डकप ९ चैतदेखि, १० टिम सहभागी हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट स्वीकृत दमक गोल्डकप ९ चैतबाट हुने भएको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको तयारी धमाधम भइरहेको छ। कोरोना महामारीले दुई वर्ष...