सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले बुधवार काठमाडौंस्थित न्यूरोड र ललितपुरस्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ। बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो।