एक शिक्षिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहनुभएका नेकपा (एमाले)का सांसद मोहन बानियाँलाई प्रतिनिधिसभाको आजको बैठकले सांसद पदबाट निलम्बन गरेको छ । आजको बैठकमा सभामुख सापकोटाले बलात्कार सम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा पर्नुभएकाले सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराउनुभयो । समानुपातिक सांसद बानियाँलाई जुम्लाकी एक महिलाले …