आगामी निर्वाचन : सोलुखुम्बुमा एउटै छैनन् दलित उम्मेदवार, महिला पनि न्यून

सोलुखुम्बु : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुबाट २० जना उम्मेदवार भए पनि दलित उम्मेदवार एकजना पनि छैनन् भने महिलाको संख्यासमेत न्यून छ।सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यको एक सिटका लागि उम्मेदवारी दिनेमध्ये महिला एकजना मात्र छन् भने ७ जना पुरुष उम्मेदवार छन्।प्रदेशसभाका लागि उम्मेदवारी दिएका सबै १२ जना नै पुरुष रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्