स्थानीय सरकारमा महिला–पुरुष दुई प्रमुख हुनुपर्ने माग

नेकपा माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरू रक्षाको लागि स्थानीय तहमा महिला र पुरुषको समान अधिकार सहितको दुई प्रमुख पदको सिर्जना गर्नु पर्ने नयाँ अवधारणा अगाडी सारेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरूको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त  वर्तमान उपलब्धिहरूमा सयर गर्ने सत्तासीनहरूले उनीहरूको अधिकार कटौती गरेको आरोप समेत लगाएका हुन् ।  सो पार्टी निकट अनेम संघ(क्रान्तिकारी)द्वारा आयोजित कार्य